भदौको पहिलो साताभित्रै सत्तारुढ दलले चुनावी तालमेलको काम टुंग्याउने
काठमाडौं । बिहीबार निर्वाचन घोषणा भएपछि शुक्रबार बसेको सत्तारुढ पाँच दलको बैठकले भदौको पहिलो साताभित्र चुनावी तालमेलका सबै काम टुंग्याउने सहमति गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्बन्धी सबै काम भदौको पहिलो सातासम्मका टुंग्याउने समझदारी भएको जानकारी नेकपा एसका नेता झलनाथ खनालले दिए ।
तालमेल टुंग्याउन दलबीच कार्यदल बनाउने सहमति भएको छ । ९ सदस्यीय कार्यदल बनाउने भनिए पनि सदस्यको टुंगो लागिसकेको छैन ।
सत्तारुढ पाँच दलमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । यी दलले गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेविरुद्ध एक भएर लडेका थिए ।
आगामी मंसिर ४ मा हुने १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभामा पनि मिलेर लड्ने समझदारीमा उनीहरू पुगेका हुन् ।
तर १६५ क्षेत्रको चुनावी तालमेल गठबन्धन दलको लागि निक्कै सकसपूर्ण हुने देखिएको छ ।
कांग्रेसले ६० प्रतिशत अर्थात झण्डै एक सय सिट पाउनुपर्ने अडान अहिले राखेको छ । माओवादीले कम्तिमा ५०, नेकपा एसले ४० सिटमा दाबेदारी राखेका छन् ।

सत्तारुढ दलबीच १६५ सिटमा तालमेल हुँदा कुन दलले कति सिट पाउँदैछन् ?
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया