रुसले क्षेप्यास्त्र हान्न थालेपछि युक्रेनी राष्ट्रपतिले गरे सैन्य कानुन लागू
काठमाडौं । रुसले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका हुन् ।
सैन्य कारबाहीको घोषणा गरेका केहीबेरमै रुसले युक्रेनमाथि लगातार आक्रमण गर्न थालेको छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिँदै राष्ट्रपति जेलेन्स्कीले सैन्य कानुन लागू गरेको घोषणा गरेका हुन् ।
रुसले युक्रेनका केही स्थानमा क्षेप्यास्त्र प्रहार गरको युक्रेनका सरकारी अधिकृत र सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
साथै युक्रेनको साउथ कोस्ट आफ्ना सेना युक्रेनमा प्रवेश गराएको बताइएको छ ।
केही घण्टाअघि युक्रेनको राजधानी किभनजिक विष्फोट भएको थियो ।
बिबीसीले जनाएअनुसार किभ क्षेत्रमा ५ देखि ६ वटासम्म विष्फोटका आवाज सुनिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया