एमसिसी खारेजीको माग गर्दै बानेश्वरमा साना ६ वाम समूहको प्रदर्शन
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित साना ६ वाम समूहले आज प्रतिनिधिसभा भवन बानेश्वरमा घेराउ जारी राखेका छन् ।
राष्ट्रहितविपरीत एमसिसी संसद्बाट अनुमोदन गर्न प्रमुख राजनीतिक दलहरू लागेको आरोप लगाउँदै एमसिसी खारेज नभएसम्म सडक संघर्ष जारी रहने विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरहीले प्रतिक्रिया दिए ।
‘राष्ट्रघाति एमसिसी खारेज नभएसम्म हामी सडक संघर्ष जारी राख्छौं’, उनले भने, ‘आन्दोलनलाई शान्तिपूर्ण र अझै सशक्त रूपमा देशव्यापी बनाउँछौं । जनआन्दोलनका रूपमा आन्दोलनलाई अगाडि बढाउँछौं ।’
एमसिसीको विरोधका संगठित रूपमा ६ वामपन्थी रहेपनि थपिने क्रम जारी रहेको विरहीले बताए । संघर्षमा विप्लव नेतृत्वको नेकपा, वैद्य
नेतृत्वको क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादीलगायत ६ वटा साना वाम पार्टी सहभागी छन् ।
आइतबार दुई पक्षबीच हिंसात्मक प्रदर्शन भएपछि अहिले बानेश्वर वरपर व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया