एमसिसी खारेजीको माग गर्दै बानेश्वरमा साना ६ वाम समूहको प्रदर्शन
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित साना ६ वाम समूहले आज प्रतिनिधिसभा भवन बानेश्वरमा घेराउ जारी राखेका छन् ।
राष्ट्रहितविपरीत एमसिसी संसद्बाट अनुमोदन गर्न प्रमुख राजनीतिक दलहरू लागेको आरोप लगाउँदै एमसिसी खारेज नभएसम्म सडक संघर्ष जारी रहने विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरहीले प्रतिक्रिया दिए ।
‘राष्ट्रघाति एमसिसी खारेज नभएसम्म हामी सडक संघर्ष जारी राख्छौं’, उनले भने, ‘आन्दोलनलाई शान्तिपूर्ण र अझै सशक्त रूपमा देशव्यापी बनाउँछौं । जनआन्दोलनका रूपमा आन्दोलनलाई अगाडि बढाउँछौं ।’
एमसिसीको विरोधका संगठित रूपमा ६ वामपन्थी रहेपनि थपिने क्रम जारी रहेको विरहीले बताए । संघर्षमा विप्लव नेतृत्वको नेकपा, वैद्य
नेतृत्वको क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादीलगायत ६ वटा साना वाम पार्टी सहभागी छन् ।
आइतबार दुई पक्षबीच हिंसात्मक प्रदर्शन भएपछि अहिले बानेश्वर वरपर व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया