NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

पेलोसीको ताइवान भ्रमणबारे रुसको प्रतिक्रिया : यो एउटा दुर्भावनापूर्ण उत्तेजना

एजेन्सी । रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले बिहीबार अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई दुर्भावनापूर्ण उत्तेजना भनेका छन्।

आरआइए नोवोस्तीसँगको अन्तर्वार्तामा मेदभेदेभले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिको पालना गरेको दाबी गरे पनि विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको छ जसका उद्देश्यहरू अस्पष्ट छन् ।

मेदभेदेभले यो भ्रमण एशियामा अन्तरराष्ट्रिय सुरक्षालाई कमजोर पार्ने उद्देश्यले जानजान गरिएको गरिएको उक्साहट भएको बताएका छन्। पेलोसीको भ्रमणले यस क्षेत्रको राजनीति र सुरक्षा चासोको सरगर्मी बढेको छ।

ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब : बल्ल बोल्यो नेपाल

चीनलाई अमेरिकाको प्रश्न, ‘पेलोसीले ताइवान भ्रमण गर्दा उत्तेजित हुनुपर्ने कारण के ?

 

ताजा अपडेट

नेपालवाच विशेष