हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता यसै महिना
काठमाडौं । हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६औँ हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता यसै महिना हुने भएको छ ।
यही साउन २७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा दुई सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जानकारी दिए ।
प्रतियोगितामा पुरुष-महिला खुला सिङ्गल्स, विभिन्न उमेरसमूह र भेट्रानमा गरी १० स्पर्धामा खेल हुनेछ । भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू पुल्चोकस्थित गड स्पिन टेबलटेनिस एकेडेमीको हलमा हुनेछ ।
ताजा अपडेट
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते


प्रतिक्रिया