नेपालले गर्यो युक्रेनमा भएको आक्रमणको विरोध
काठमाडौं । नेपालले युक्रेनमाथि रूसले गरेको सैन्य कारबाहीको विरोध गरेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।
कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘नेपाल कुनै पनि सार्वभौम देशको विरुद्ध कुनै पनि परिस्थितिमा गरिने शक्ति प्रयोगविरुद्धमा छ र कूटनीति र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।’
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया