सुरु हुनै लागेको संसद् बैठक प्रधानमन्त्रीले गराए स्थगित
काठमाडौं । सुरु हुन लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाकाे आग्रहमा स्थगित भएको ।
आज संसद्मा एमसिसीबारे बहसको विषय प्रवशे गर्ने कार्यक्रम थियो । प्रत्येक सांसदलाई पाँच मिनेट बोल्ने समय पनि दिइएको थियो ।
यद्यपि, प्रतिपक्षी एमालेको अवरोध जारी रहेको तथा एमसिसीबारे सहमति जुटाउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री देउवाले बैठक स्थगित गराउन आग्रह गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गराएका हुन् ।
आज १ बजे बैठक बस्ने समय तोकिएको भए पनि एक घण्टा पछि बैठक स्थथित गर्ने निर्णय भएको हो ।
संसद्को अर्को बैठक शुक्रबार १.१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया