सन्दीपले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली क्रिकेट समर्थकको प्रशंसा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेटमा भएको सबैभन्दा राम्रो कुरा भावुक र माया गर्ने समर्थक रहेको बताएका छन् ।
‘नेपाल क्रिकेटमा भएको सबैभन्दा राम्रो कुरा भनेको नेपाल क्रिकेटका भावुक र माया गर्ने फ्यान हुन् । उनीहरूको भावना र क्रिकेट खेलप्रतिको माया अतुलनीय छ ।’

केही समयअघि अमेरिकी क्रिकेटर अली खानले नेपाली समर्थक विश्वकै सबैभन्दा खराब भनेका थिए । सो बेला पनि सन्दीपले त्यसको बचाउ गर्दै नेपाली समर्थकविनाको क्रिकेट विश्वनक्शा अधुरो रहने बताउँदै यसरी सामान्यायीकृत नगर्न अलीलाई चेतावनी दिएका छन् ।
नेपालीलाई ‘खराब समर्थक’ भनेका अमेरिकी क्रिकेटर अलीलाई सन्दीपले दिए जवाफ
सन्दीपले समर्थकसँगका दुई तस्बिर पनि शेयर गरेका छन् । ती तस्बिर कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया