मादकपदार्थ सेवन गरी सवारी चलाउने १०७४ जना कारबाहीमा
काठमाडाैं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चालक छन् । यही साउन १५ देखि २१ गतेसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउनेको संख्या एक हजार ७४ छ ।
ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने सवारी चालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ । मापसे गरी सवारी साधन चलाउने एक हजार ७४, लेन मिच्ने ६५९, रेड लाइटमा सवारी चलाउने ५७४, जथाभावी रुपमा नम्बर प्लेट बनाउने २४२ र अन्य गरी १४ हजार ९४४ चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तथ्यांक अनुसार शुक्रबार मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनेको संख्या सबैभन्दा बढी छ भने सोमबार सबैभन्दा कम छ । शुक्रबार मादकपदार्थ सेवन गरी सवारी चलाउने २३२ तथा सोमबार ११५ चालक रहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया