चाेलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग सिफारिस समितिमा पठाएको छ ।
प्रस्तावमाथि संसदुमा आज छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पारित गरेको छ ।
न्यायालयमा विकृति भित्र्याएको आरोपमा राणाविरुद्ध १ फागुनमा संसद्मा महाभियोग दर्ता भएको थियो ।
सिफारिस समितिमा पठाउनुअघि आज प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरूले छलफल गरेका थिए ।
प्रधानन्यायाधीश राणाले न्यायालयमा विकृति भित्र्याएकाले उनलाई हटाउनुपर्ने आवश्यकता आएको आइलागेको अधिकांश सांसदले बताएका थिए ।
न्यायालयको शुद्धताका लागि चोलेन्द्रविरुद्ध महाभियोग ल्याइएको हो : सांसद संग्रौला
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया