को हुन् प्रभाकर ?
काठमाडौं । सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकर भारतीय नागरिक हुन् ।
उनी भारतीय राष्ट्रिय टोलीका पूर्वअलराउण्डर हुन् । उनले प्रशिक्षकको रुपमा भारतको दोस्रो ठूलो क्लब क्रिकेट प्रतियोगिता रणजी ट्रफी जितेका छन् । उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट यसोसिएसनको प्रशिक्षक रहिसकेका छन् ।
प्रभाकरले एक दशकभन्दा बढी समय भारतको राष्ट्रिय टोलीमा खेलेका थिए । उनले सन् १९८४ देखि १९९५ सम्म खेलेका हुन् ।
सो बीचमा प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् । यस्तै उनले १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।
प्रभाकरले यसअघि अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक रहेरसमेत काम गरिसकेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया