ओमानलाई लगातार तीन विकेटको झट्का

काठमाडौं । लगातार विकेट गुमाउने क्रममा ओमानले पाँचौ विकेटलगत्तै छैटौं र सातौं विकेट पनि गुमाएको छ । ११.५ ओभरमा जेशन कमसुद २१ रनको स्थितिमा आउट भएका हुन् ।
पाँचौ विकेट आरिफ शेखले लिएका हुन् । १२.६ ओभरमा आयन खान १६ रनको स्थितिमा सागर ढकालको बलमा आउट भएका हुन् । १३.१ ओभरमा सन्दीपको बलमा सन्दीप गौड रन आउट हुन पुगे । दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको ओमानले ७.२ ओभरमा आइपुग्दा १९ रनको स्थितिमा चार विकेट गुमाएको थियो ।
विश्वकपमा छनोट हुन नसकेपछि दुवै टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका हुन् ।
समूह चरणमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
ओमानले १४ ओभरमा ५३ रन बनाउँदा सात विकेट गुमाएको छ ।
प्रतिक्रिया