बाँकेका १३ गाउँमा प्रसूति सेवा सञ्चालन
बाँके । जिल्ला जनस्वास्थ्य कार्यालयले दक्ष स्वास्थ्यकर्मीसहित बाँके जिल्लाका वैजापुर गाउँलगायत १३ गाउँमा प्रसूति सेवा सञ्चालन गरेको छ । जिल्लाको पूर्वी बैजापुरबाट पश्चिमको सोनपुर स्वास्थ्य केन्द्रमा स्थानीय स्वास्थ्य निकायको पहलमा प्रसूति सेवा सञ्चालनमा आएको जनाइएको छ ।
गाउँमै प्रसूति सेवा सञ्चालनमा आएपछि सामान्य अवस्थाको प्रसूतिका लागि नेपालगञ्ज धाउनुपर्ने सेवाग्राहीको बाध्यताको अन्त्य भएको छ । साविकको ४६ गाविस रहेको बाँकेको अहिले आठ स्थानीय तह छ । ६ गाँउपालिका र दुई नगरपालिका छन् । सो स्थानमा सेवा सञ्चालन गर्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया