सुनको मूल्य २०० रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुन तोलामा ९६ हजार ६०० रुपैयाँ कायम रहेको छ भने चाँदी तोलामा १२ सय ३० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार चाँदी तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया