जुम्लामा आँखा उपचार केन्द्र स्थापना हुने

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ ।
हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी सम्झौतासमेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले सात करोड ११ लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया