मिटरब्याजी श्याम परदेशीविरुद्ध तीन करोडभन्दा धेरै बिगो दाबी गर्दै मुद्दा दायर
काठमाडौं । सर्लाहीका मिटरब्याजी श्यामकृष्ण साह (श्याम परदेशी)विरुद्ध तीन करोडभन्दा धेरै बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । उनी र उनकी पत्नी मञ्जुदेवी साहविरुद्ध तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको हो ।
साह दम्पत्तिलाई प्रतिवादी बनाउँदै केही दिनअघि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सर्लाहीको कबिलासी नगरपालिका–२ स्थायी घर भएका परेदेशीसहित उनको परिवारले ४८ जना सर्वसाधारणलाई एक करोड एक लाख ९२ हजार रूपैयाँ ऋण लगानी गरेका थिए । पछि परदेशीले उनीहरूबाट एक करोड ५३ लाख ३१ हजार रूपैयाँ ब्याज लिएको विभागको दाबी छ ।
विभागका अनुसार परदेशीले आफूसहित श्रीमती, छोराछोरी, बुहारी र ज्वाइँलगायतका नामबाट ऋण लगानी गरेका थिए ।
ब्याज र सावाँसहित अन्य चलअचल सम्पत्ति जोडेर परेदेशीको परिवारविरुद्ध तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रूपैयाँ बिगो दाबी गरिएको हो ।
परदेशीविरुद्ध ०७६ सालमै सर्लाही प्रहरीमा ठगीलगायतको मुद्दा दर्ता भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया