सानिमा बैंकलाई आइएफसीबाट एमएसएमईका लागि २ करोड डलर ऋण प्राप्त

काठमाडौं । सनिमा बैंकले विश्व बैंक समुह अन्तर्गत वित्त निगम आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त गरेको छ । बैंकले तरलता अभावलाई मध्यनजर गर्दै गत वर्ष नै सानिमा आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो ।
बैंकले नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी बैंकले यस्तो ऋण ल्याउने सिमीत बैंकको पंक्तिमा आफूलाई उभ्याएको बताएको छ । आइएफसीका नेपाल आवासिय प्रतिनिधि बाबकारले भने, ‘सानिमा बैंकमा गरिएको उक्त लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तिय पहुँचमा अझ सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको बताए । साथै उनले लगानीले उक्त क्षेत्रको विस्तार र रोजगारीसमेत सिर्जना गर्न सक्षम बनाउने उल्लेख गरे ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितमा आइएफसीबाट प्राप्त रकमले एमएसएमई क्षेत्रमा कर्जा प्रवाह गर्न केहि सहजता हुने बताए ।
बैंकले गरेको सो सम्झौता अनुसार उक्त रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायीमा ऋण प्रवाह गर्न प्रयोग गर्ने बैंकले जनाएको छ । त्यस्तै, बैंकले समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही रकम सो क्षेत्रमा प्रवाह गर्नेसमेत उल्लेख गरेको छ ।
बैंकको देशभर १२७ कार्यालय, १२० एटिएम सञ्चालनमा रहेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया