सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
काठमाडौं । सत्तासाझेदार दलले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । साउन २३ गते कार्यदल संयोजक तोक्नमा सीमित बैठक दोस्रोपटक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजेका लागि तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
आजको बैठकमा सिट बाँडफाँटको आधार र मापदण्डबारे छलफल गर्ने तयारी छ ।
सत्तासाझेदार दलबीच आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर सहभागी हुने सैद्धान्तिक सहमति भइसके पनि सिटबाँडफाँटको आधार र मापदण्डबारे टुंगो लाग्न बाँकी छ ।
कार्यदलले यी विषयमा सहमति जुटाएपछि त्यसलाई शीर्ष तहमा छलफल गरेर कार्यान्वयनमा लैजाने तयारी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया