टान निर्वाचन : बाह्र सयभन्दा बढी मतदाता, उम्मेदवारको मनोनयन हुँदै

काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि बाह्र सयभन्दा बढी मतदाता रहेका छन् । यही साउन ३० गते हुने टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुईसय ५० मतदाता पुुगेका हुुन् । टान निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार साँझ अन्तिम मतदाता नामावली प्रकाशन गरिएको टान सचिवालयले जनाएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ । उम्मेदवारको प्रथम चरणको नामावली साँझ ५ बजेसम्म प्रकाशन गरिनेछ । साउन २८ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको नाम उपर दाबी विरोधमा उजुरी दिन साउन २७ गते दिउँसो १२ बजेसम्म समयावधि तोकिएको छ ।
टान निर्वाचनमा अध्यक्ष पदका लागि तीन व्यवसायी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । नीलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा एमाले निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायी सापकोटा र स्वतन्त्र उम्मेदवारका रुपमा भण्डारीको प्रतिस्पर्धा हुनेछ ।
टानका पूर्वअध्यक्ष दीपक महतले सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ गतिदिने नेतृत्व टान निर्वाचनबाट चयन हुनुुपर्ने बताए । उनले टानलाई व्यवसायमैत्री बनाएर सेवालाई चुुस्तदुरुस्त बनाइनुपर्ने खाँचो औँल्याए ।
टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् । जसमध्ये वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा नौ जना ९महिला एक जना र खुल्ला सदस्य आठ जना० सदस्य रहेका छन् । टानको २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा एक हजार आठसय ५० हाराहारी व्यवसायी आबद्ध छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया