विश्वकप फुटबलको खेल तालिका हेरफेर

काठमाडौं । विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ ।
निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले घोषणा गरेको छ ।
मूल खेल तालिकाअनुसार मङ्सिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्याण्डससबीचको खेल सोही दिन हुनेछ । तर उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्वकप प्रतियोगिताको पहिलो खेल भने अब मङ्सिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ । यसअघि मङ्सिर ५ गतेका लागि सेनेगल र नेदरल्याण्डस् तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो ।
फिफाले विश्कप फुटबल प्रतियोगिताको परम्पराअनुसार खेल आयोजक राष्ट्र वा डिफेन्डिङ च्याम्पियनको खेलको पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ । बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया