म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद पराजय भोगेको छ । लिगमा गएराति युनाइटेडले ब्रेन्टफोर्डसँग ४–० गोलको नमिठो पराजय बेहोरेको हो ।
फेरि पनि लिगमा खराब सुरुवात गरेको युनाइटेडले पहिलो हाफमै चार गोल खाएको हो । खेलको १०, १८, ३० र ३५ मिनेटमा ब्रेन्टफोर्डले गोल गर्दा युनाइटेडलाई खेलमा फर्किने मौका नै नमिलेको हो । दोस्रो हाफमा दुवैतर्फबाट गोल नभएपछि ब्रेन्टफोर्डले दोस्रो खेलमा सानदार जित हात पार्यो । ६७ प्रतिशत बल पोेसेसन राखेर खेल्दा पनि युनाइटेडले एक गोल पनि गर्न नसकेको हो ।
युनाइटेड भने लिगको लगातारको दोस्रो खेलमा पनि पराजित भएको हो । लिगको पहिलो खेलमा पनि युनाइटेड ब्राइटनसँग २–१ गोलले पराजित भएको थियो ।
अन्य नतिजा यस्ता छन्
लिगकै अन्य खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ४–० गोलले पराजित गर्यो । आर्सनलले लेस्टर सिटीलाई ४–२ गोल पराजित गर्यो । उल्ब्स र फुलहाम, ब्राइटन र न्यूकासलले गोलरहित बराबरी खेले । साउथ ह्याम्टन र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेले ।
एस्टन भिल्लाले इभर्टनलाई २–१ गोलले हरायो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया