नवनियुक्त पर्यटनमन्त्री शाहीद्वारा शपथ

वीरेन्द्रनगर । कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ ग्रहण गराएका हुन् ।
शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र ९ख० बाट निर्वाचित सांसद हुन्् । शाहीलाई गत बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गरेका थिए । यसअघि विसं २०७८ माघ २३ गते उद्योगमन्त्री बनेका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा ९कार्चेन० को पदावधि सकिएपछि लामाको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो ।
उनलाई शुक्रबार नै शपथ गराउने कार्यक्रम भए पनि उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि शपथको तालिका रोकिएको थियो ।
गत माघमा बनेको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया