मिस ग्ल्याम वर्ल्ड २०२२ मा नेपालबाट इरिनाले सहभागिता जनाउँदै
काठमाडाैं । मिस ग्ल्याम वर्ल्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । यस वर्ष नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षिया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने भएकी छिन् ।
विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजक फेशन ईराको दाबी छ ।
हाल स्नातक तहमा अध्ययनरत तथा विगत केहि वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन सोहरुमा सहभागिता जनाइसकेकी छिन् भने विभिन्न ब्राण्डका लागि काम पनि गरिसकेकी छिन् ।
मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ यस मिस ग्ल्याम वर्ल्ड २०२२ लाई लिएर निकै उत्साहित छिन् । मिस ग्ल्याम वर्ल्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने श्रेष्ठले अभिव्यक्ति दिएकी छिन् ।
मिस ग्ल्याम वर्ल्ड २०२२ एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभै नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजकका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताए । मिस ग्ल्याम वर्ल्ड २०२२ यही आउँदो अगष्ट १९ देखि अगष्ट २८ सम्म भारतको कोचिन, केरलामा हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया