मिस ग्ल्याम वर्ल्ड २०२२ मा नेपालबाट इरिनाले सहभागिता जनाउँदै

काठमाडाैं । मिस ग्ल्याम वर्ल्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । यस वर्ष नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षिया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने भएकी छिन् ।
विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजक फेशन ईराको दाबी छ ।
हाल स्नातक तहमा अध्ययनरत तथा विगत केहि वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन सोहरुमा सहभागिता जनाइसकेकी छिन् भने विभिन्न ब्राण्डका लागि काम पनि गरिसकेकी छिन् ।
मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ यस मिस ग्ल्याम वर्ल्ड २०२२ लाई लिएर निकै उत्साहित छिन् । मिस ग्ल्याम वर्ल्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने श्रेष्ठले अभिव्यक्ति दिएकी छिन् ।
मिस ग्ल्याम वर्ल्ड २०२२ एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभै नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजकका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताए । मिस ग्ल्याम वर्ल्ड २०२२ यही आउँदो अगष्ट १९ देखि अगष्ट २८ सम्म भारतको कोचिन, केरलामा हुनेछ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया