आज भारतको ७६ औँ स्वतन्त्रता दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
नयाँ दिल्ली । भारतमा सोमबार ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइँदैछ । तत्कालीन बेलायती शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
स्वतन्त्रताका साढे सात दशक भारतका लागि सुखद र सन्तोषजनक नै रहेको धेरैले बताएका छन् । यस दिनप्रति भारतका सबैले गौरव गरेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वतन्त्रता दिवसका अवसरमा विश्वभर नै भारतीय नागरिकले विभिन्न गतिविधि गरेर उत्सव मनाउने गरेका छन् । यस अवसरमा राष्ट्रपति दौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताले शुभकामना सन्देश पनि दिएका छन् ।
राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै भारत र भारतीय नागरिकलाई विश्वभर चिनाउने कार्यमा लाग्न उनीरूले सबैलाई अपिल गरेका छन् ।
अन्य देशका शीर्ष नेता तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिहरूले समेत भारतको राष्ट्रिय एकता दिवसप्रति गौरव गर्दै थप प्रगतिको शुभकामना दिएका छन् ।
उनीहरूले भारतको भौतिक विकास, मानवीय विकास, नयाँ आविश्कार र शासन प्रणालीमा थप विकास तथा परिपक्वतामा जोड दिएका छन् ।
यसअघि ७५ औ स्वतन्त्रता दिवसका अवसरमा भारतले वर्षभरी विषेश कार्यक्रमहरूको आयोजना गरेको थियो ।
बेलायती उपनिवेशबाट मुक्त भएपछि भारतमा लोकतन्त्रको तीव्र विकास भएकाले भारतको स्वतन्त्रता दिवसलाई विश्व राजनीतिमै महत्वका साथ हेर्ने गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया