माओवादी केन्द्र र नेसपाले एउटै चिन्हबाट चुनाव लड्ने जानकारी निर्वाचन आयोगलाई गराए
काठमाडौं । माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले एउटै निर्वाचन चिन्हबाट चुनावमा भाग लिनेबारे जानकारी दिन मंगलबार निर्वाचन आयोग गएका छन् ।
आइतबार प्रचण्ड र बाबुरामबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने सहमति भएपछि मंगलबार उनीहरूले निर्वाचन आयोग पुगेर यसको जानकारी दिएका छन् ।
उनीहरूले चुनावमा भाग लिन दल दर्तासमेत गराएको निर्वाचन आयोगले जनाएको छ ।
उनीहरू दुवै गोलाकारभित्रको हसिँया हतौडाबाट चुनाव लड्दै छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया