कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरायो
काठमाडौं । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भाग लिनका लागि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन आयोगमा दर्ता गराएको छ ।
पार्टीका केही नेता–कार्यकर्ता मंगलबार आयोग गएर दल दर्ता गराएका हुन् ।
यसअघि माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि एउटै निर्वाचन चिन्हबाट चुनावमा भाग लिनेबारे जानकारी दिन मंगलबार निर्वाचन आयोग गएका छन् ।
उनीहरूले पनि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
दुवै दल गोलाकारभित्रको हसिँया–हतौडाबाट चुनाव लड्दैछन् ।
माओवादी केन्द्र र नेसपाले एउटै चिन्हबाट चुनाव लड्ने जानकारी निर्वाचन आयोगलाई गराए
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया