रुसको आक्रमणविरुद्ध स्पेनिस क्लबका समर्थकले गरे युक्रेनी झण्डासहित प्रदर्शन

काठमाडौं । युरोपा लिगअन्तर्गत गएराति रुसी क्लब जेनिट सेन्ट पिटर्सवर्ग र स्पेनिस क्लब रियल बेटिसबीच खेल भयो । सो खेलमा स्पेनिस क्लबका समर्थकले युक्रेनी झण्डासहित प्रदर्शन गरेका छन् ।
रुसले युक्रेनमाथि बिहीबारबाट आक्रमण सुरु गरेको विरोधमा उनीहरूले गएराति भएको खेल दौरान दर्शको रूपमा गएर प्रदर्शन गरेका हुन् ।
यस्तै, गएराति नै युरोपा लिग खेलिरहेका युक्रेनका खेलाडी रुस्लान मालिनोभास्कीले पनि रुसले आफ्नो देशमाथि गरेको आक्रमणको विरोध जनाएका थिए ।
गएराति नै स्पेनिस क्लब बार्सिलोना र नापोलीबीचको खेलपछि दुबै क्लबका खेलाडीले ’युद्ध रोकौं’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
युक्रेनमाथि रुसी आक्रमणको विरोधमा बार्सिलोना र नापोलीका खेलाडीको प्रदर्शन, भने, ‘युद्ध रोकौं’
रुसको आक्रमणमाथि युक्रेनी खेलाडीको प्रदर्शन : ‘युक्रेनमा युद्ध नगर’
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया