श्रीलंका पुग्यो चिनियाँ जहाज, भारत भयभीत
काठमाडौं । आफ्नो जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेपछि चीनले कुनै पनि देशको सुरक्षामा खतरा नहुने स्पष्ट पारेको छ । साथै उसले कुनै पनि तेस्रो पक्षले आफ्नो जहाज रोक्न नहुने बताएको छ।
यो जहाज अगस्ट २२ सम्म हम्बनटोटामा रहनेछ ।
भारतले केही दिनअघि श्रीलंकालाई आफ्नो छिमेकमा जहाज रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो।
चीनले युआन वाङ–५ नामक जहाजमार्फत भारतको आणविक, क्षेप्यास्त्रसँग सम्बन्धित प्रतिष्ठानहरूको जासुसी गर्न सक्ने भय भारतको छ ।
समाचार एजेन्सी पिटिआईले चीनको आधिकारिक मिडिया रिपोर्टलाई उद्धृत गर्दै भनेको छ कि जहाज ट्र्याकिङ स्याटेलाइट र ब्यालिस्टिक मिसाइलजस्ता उन्नत प्रविधिले सुसज्जित छ। त्यसैगरी यसमा २ हजार मानिस बोक्न सक्ने क्षमता पनि छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतको चिन्ताबारे सोधिएको प्रश्नको जवाफमा उक्त जहाज ‘अन्तर्राष्ट्रिय कानून अनुसार’ अनुसन्धानका लागि हम्बनटोटा पुगेको बताए ।
‘यो जहाजले कुनै पनि देशको सुरक्षा र आर्थिक हितलाई असर गर्दैन। यसलाई कुनै तेस्रो पक्षले रोक्ने प्रयास गर्नु हुँदैन,’ वेनबिनले भने।
हम्बनटोटा बन्दरगाह बेइजिङले सन् २०१७ मा ९९ वर्षका लागि श्रीलंकासँग भाडामा लिएको छ । श्रीलंकाले व्यापक परामर्शपछि चिनियाँ जहाजलाई हम्बनटोटा आउन अनुमति दिएको बताएको छ ।
१.५ बिलियन डलरको हम्बनटोटा बन्दरगाह एशिया र युरोपका लागि मुख्य ढुवानी मार्गको नजिक छ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया