सिट बाँडफाँटबारे निर्णय लिन प्रचण्डले बोलाए स्थायी समिति बैठक
काठमाडौं । बाबुराम नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच हुने सिट बाँडफाँटबारे छलफल गर्न माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा बाबुराम र वामदेवले राखेको शर्त, सांगठनिक अवस्था, चुनावी रणनीतिबारे छलफल हुने नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
‘एउटै निर्वाचन चिन्हबाट चुनाव लड्नेसम्बन्धमा पार्टीले निर्णय गरिसकेकाले आजको बैठकमा त्यस विषयमा छलफल होला, पोखरेलले भने, ‘बाबुराम र वामदेवले राखेको शर्तबारे हामीलाई केही थाहा छैन । त्यस विषयमा नेतृत्वले जानकारी बैठकलाई जानकारी गराउनुहुन्छ होला ।’
मंगलबार बसेको बैठकले दुवै दललाई माओवादीको निर्वाचन चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको थियो । माओवादीको निर्णयण आए लगत्तै भागबण्डाकोबारेमा प्रचण्ड र बाबुरामबीच पेरिसडाँडामा छलफल भएको थियो ।
स्रोतका अनुसार बाबुरामले ५ सिट र वामदेवले २ सिट दावी गरेका छन् । नेसपालाई २ र नेकपा एकता राष्ट्रिय अभियानलाई १ सिट दिन माओवादी तयार भएको छ । सिट बाँडफाँटबारे गठबन्धन दलहरूबीच नै भागबण्डा मिलेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया