बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जंगली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।’
उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ । ‘त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ’ कँडेलले भने ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया