युद्धले पराजित गर्न नसकेको प्रेम !
काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको छ । रुसी सेना आक्रमण गर्दै युक्रेनको राजधानी किएभसम्म पुगिसकेको छ ।
शक्तिशाली देश रुसको आक्रमणबाट युक्रेनलाई बढी क्षति पुर्याएको छ । रुसलाई पनि केही क्षति भएको छ ।
युद्धले गर्दा दुवै देशका जनता त्रसित बनेका छन् ।
यसैबीच, रुसी र युक्रेनी जनताको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।

जहाँ युक्रेनी झण्डा काँधमा बोकेका एक युवाले रुसको झण्डा लगाएकी युवतीलाई अँगालो हालेका छन् ।
यी दुई युवा–युवतीको तस्बिर कहाँ कहिले खिचिएको हो भन्ने चाहिँ खुल्न सकेको छैन ।
तर, यसलाई लिएर अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रेमलाई युद्धले हराउन नसकेको प्रतिक्रिया दिइरहेका छन् ।
‘युद्ध र द्वन्द्वमाथि प्रेम, शान्ति र सह-अस्तित्वको विजय होस् भन्ने कामना गरौं’, एक फेसबुक प्रयोगकर्ताले लेखेका छन् ।
रुसी सेना युक्रेनको राजधानी किएभ पुग्यो, ३३ वटा गैरसैनिक क्षेत्रमा बमबारी
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया