घट्यो सेयर बजार, १ अर्बको कारोबार
काठमाडाैं । बुधबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का असार बुधबार नेप्से सूचक ०.३६ अंकले घटेर २०४०.७१ विन्दुमा झरेको छ । त्यस्तै सेन्सिटिभ इन्डेक्स भने बढेको छ । नेप्सेका अनुसार आज सेन्सिटिभ इन्डेक्स ०.२८ अंकले उकालो लागेर ३९४.६३ विन्दुमा पुगेको छ ।
नेप्से घटेसँगै कारोबार रकमसमेत खुम्चिएको छ । आज कुल २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक बढेको छ भने बाँकी ६ उपसमूहको घटेको छ ।
बढेका उपसमूहरूमा विकास बैंक ०.६१, जलविद्युत ०.६८, वित्त ०.४४, नीर्जीवन बीमा ०.४१, उत्पादन ०.०५, लघुवित्त ०.०७, सामूहिक लगानी कोष ०.३१ अंकले बढेको छ ।
त्यस्तै बैंकिङ ०.२८, व्यापार ०.१८, होटल तथा पर्यटन ०.०१, अन्य ०.२२, जीवन बीमा ०.४८ र लगानी ०.२ अंकले घटेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया