सवारी साधनमा छुटेको सामान ट्राफिक प्रहरीद्धारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
काठमाडौँ उपत्यकामा गत साउन महिनामा सवारी साधनमा छुटेका १६ लाख ६४ हजार बराबरको सामान खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ । गएको साउन महिनाभित्र उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा ५२ जनाले आफ्नो महत्त्वपूर्ण सामान हराएको भनि निवेदन दिएका थिए ।
निवेदनको आधारमा ट्राफिक प्रहरीले खोजतलास सुरु गरेको थियो । सोही क्रममा सिसि क्यामेराको समेत प्रयोग गरेर ३३ जनाको १६ लाख ६४ हजार बराबरको सामान फेला पारीसम्बन्धित धनिलाई ट्राफिक प्रहरीले बुझाइसकेको प्रहरीले जनाएको छ । सामान छुटेका ११ ओटा सवारी साधन फेला परिसकेको तर त्यसमा छुटेका सामान भने फेला पर्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाले जनाएको छ ।
सवारी साधनमा छुटेका ८ जना यात्रुको सामानबारे भने अहिले अनुसन्धान भइरहेको छ । सवारी साधनमा कुनै पनि सामान छुटेमा सवारी साधनको नम्बर वा रङ र छुटेका सामानको विवरण सहित निवेदन दिन सकिने काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया