माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, पदाधिकारी टुंग्याउने प्रचण्डको तयारी
काठमाडौं । पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक सभा घण्टा ढिला गरी सुरू भएको हो ।
बिहीबार बस्ने भनिएको बैठक पदाधिकारी छनोटमा विवाद हुने देखिएपछि बैठक बस्दै नबसी टुंगिएको थियो । १५ सदस्य पदाधिकारी रहेको माओवादीमा महासचिव छनोट सबैभन्दा पोचिलो बनेको छ ।
बुधबार बसेको बैठकले पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । पदाधिकारी आजै टुंग्याउने गरी प्रचण्डले तयारी गरेका छन् । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच सहमति नजुट्दा देव गुरुङले हात पार्ने सम्भावना रहेको छ ।
वरिष्ठ उपाध्यक्ष र तेस्रो तहको उपाध्यक्षमा प्रचण्डले यसअघि नै नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन भइसकेका छन् । उपमहासचिवमा पुन र शर्मालाई प्रस्ताव गर्ने र उपाध्यक्षमा गिरिराजमणि पोखरेलको सम्भावना बढेको छ ।
त्यस्तै अन्य चार उपाध्यक्षमा हरिबोल गजुरेल, गणेश साह, पम्फा भुसाल र दीनानाथ शर्माको सम्भावना रहेको छ । तीन सचिवमा देवेन्द्र पौडेल, चक्रपाणि खनाल र शक्ति बस्नेत देखिएका छन् । महासचिवको विकल्पमा प्रचण्डले गुरुङलाई ल्याउने तयारी गरेपछि शर्मा र पुनपक्षले असन्तुष्टि जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया