तीन सवारी साधन एकापसमा ठोक्किदा एक जनाको मृत्यु, ९ घाइते
बाँके । बाँकेको वैजनाथ गाउँपालिका–५ वनकटवास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनी ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा परेर ९ यात्रु घाइते भएका छन् । घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया