गिरीको अवस्था थप जटिल बनेपछि निधिले भने, ‘ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्छु’
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था देखेर आफू स्तब्ध र निरीह बनेको बताएका छन् ।
नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारत गिरीको स्वास्थ्य अवस्था बुझेर फर्कँदै गर्दा उनले यस्तो बताएका हुन् ।
निधिले गिरीको अवस्था थप जटिल बन्दै गएकोतर्फ संकेत गर्दै अब ईश्वरीय चमत्कारबाहेक अन्य विकल्प नभएको बताएका छन् ।
‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कँदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं,’ उनले ट्विटरमा लेखेका छन् ।
घाँटीको क्यान्सरको समस्यामा रहेका गिरीलाई निमोनिया देखिएपछि केही दिनअघि मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
भारतमा उपचार गराएर आएपछि साउनको पहिलो सातादेखि उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो । निमोनिया फैलन नदिन भन्दै अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्यमा सुधार नआएको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया