NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सन्दीपले डिजर्ट भाइपर्सबाट युएईको टी–ट्वान्टी लिग खेल्ने

काठमाडौं ।यूएईमा हुन गइरहेको इन्टरनेशनल लिग टी–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । डिजर्ट भाइर्पस लान्सर क्यापिटल स्वामित्वको हो ।

डिजर्ट भाइपर्सले शुक्रबार मात्रै लिगमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीपसहित विभिन्न देशका खेलाडी छन् ।

इन्टरनेशनल लिग टी–२० क्रिकेट आगामी जनवरी ६ देखि फेब्रुअरी १२ का लागि तय छ । यो इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करण हो । प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।