गिरीको निधनप्रति के भने शीर्ष नेताले ?
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति तीन ठूला दलका शीर्ष नेताले शोक व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गिरीलाई बैचारिक र समाजवादी चिन्तक रहेको बताउँदै उनले निधनको खबरले आफू निकै स्तब्ध भएको बताएका छन् ।
गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको उनको भनाइ छ ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
गिरीको निधनले आफू मर्माहत भएको उनले बताएका छन् ।
‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति हुने उनले बताएका छन् ।
‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
गिरीको गएराति निधन भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया