नेता गिरीको शव स्थानीयको मागविपरित पशुपतिमा अन्त्येष्टि
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरिर पशुपतिमा अन्यष्टि गरिएको छ । उनको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न माग गरेतापनि माग विपरित उनको अन्यष्टि पशुपतिमै भएको हो ।
समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उनको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीले विहानदेखि आग्रह गर्दै आएका थिए ।
‘उहाँले हामीसँग भेट्दा जहिले पनि म मरेपछि मेरो अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुहुन्थो’ बस्तीपुरका ८० वर्षीय फेकु महतोले भने, ‘त्यसैले उहाँको शव गाउँमा ल्याउनुपर्यो, हामी उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन आतुर छौँ ।’ उहाँलाई हामी गाउँमै सम्मानका साथ अन्तिम संस्कार गर्न चाहेका छौँ,’ उनको भनाई थियो । ।
वस्तीवासीले गिरीलाई अन्तिम दर्शन गर्ने इच्छा भएकाे बताएका थिए । स्थानियले उनको बुवा मित्रलाल गिरीको पनि गाउँमै अन्तिम संस्कार गरेको र उनको पनि गर्न चाहना भएको बताउँदै शव गाउँमा ल्याउन आग्रह गर्दै आएका थिए ।
समाजवादी चिन्तनका नेता गिरीको निधनले उनको गाउँ बस्तीपुर शोकमा डुबेको छ । विसं २००४ मा जन्मिएका गिरी विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी २०७४ सालको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
आफूहरुले मत दिए जिताएका अभिभावक गिरीको उपचार काठामाडौंस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले हिजो बिहानैबाट नै गाउँमा भजनकीर्तनसमेत गर्दै आएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया