प्रदीपलाई पशुपतिमा अन्तिम दीप [फोटो फिचर]
काठमाडौं । समाजवादी, साम्यवाद मात्रै होइन सामान्य नागरिकलेसमेत धरोहर एवं पुञ्ज मान्ने प्रदीप गिरीको अन्त्येष्टि गरिएको छ ।

शनिबार निधन भएका उनको आइतबार श्रद्धाञ्जली र शवयात्रापछि अपराह्न पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो । सबैका प्रिय प्रदीपलाई आर्यघाटमा अन्तिम दीप दिइएको हो ।



आर्यघाट पुगेर गिरीको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू, एमाले अध्यक्ष केपी ओलीसहितका नेताले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्य राजनीतिक दलका नेता कार्यकर्ता र शुभेच्छुकको बाक्लो भीड पशुपतिमा लागेको थियो ।




शनिबार निधन भएपछि गिरीकाे शवलाई ललितपुरस्थित मेडिसिटी अस्पताल र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

घाँटीको क्यान्सर फैलिने र निमोनियाले गर्दा ७५ वर्षीया गिरीको निधन भएको हो । सत्ता, शक्ति र पहुँचको राजनीतिमा विश्वास नगर्ने प्रदीपले सधैं तल्लो तहका वर्गको विषयलाई प्राथमिकता दिए ।
कहिल्यै राजकीय पद धारण नगरेका उनको राजकीय सम्मानसहित अन्तेष्टि गरिएको हो ।

चारपटक सांसद बन्दासमेत उनले कहिल्यै पनि मन्त्रीमा लोभ गरेनन् । सरकारले आग्रह गर्दा पनि उनले सरकारी खर्चमा उपचार गराउन मानेनन् । बरु आफ्नै जग्गा जमिन बेचेर उपचार गराए ।
गिरीले २०५१ र २०७४ मा प्रत्यक्ष चुनाव सिरहाबाट जिते । २०६४ र २०७० मा भने समानुपातिक सांसद भए ।

गणतन्त्रका हिमायती उनी दलीय प्रणालीमा तानाशाहीतन्त्रकाे उत्तिकै विरोधी र आलोचक हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया