अमेरिकी राष्ट्रपतिले घृणित हिंसाविरुद्ध एकता शिखर सम्मेलन आयोजना गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । सम्मेलनको मुख्य उद्देश्य अमेरिकामा घृणाले उत्तेजित हिंसाको विरूद्ध लड्ने रहेको र त्यसको नारा राष्ट्रको आत्मालाई निको पार्ने अभियान रहने बताइएको छ।
ह्वाइट हाउसले सोबारे शुक्रबार जानकारी दिंदै राष्ट्रपति बाइडेनले सार्वजनिक सुरक्षा र लोकतन्त्रलाई बलियो बनाउन आगामी सेप्टेम्बर १५ मा युनाइटेड वी स्ट्यान्ड शिखर सम्मेलनको आयोजना गर्ने जनाएको छ। एल पासो, टेक्सास, पिट्सबर्ग र ओक क्रिक, विस्कॉन्सिन लगायत शहरहरूमा घृणा–सञ्चालित हिंसालाई न्यूनीकरण र सम्बोधन गर्ने लक्ष्य राख्दै सो सम्मेलन आयोजना हुनेछ।
गत मे महिनामा न्युयोर्कको बफेलो, सुपरमार्केटमा १० जना काला जातिका मानिसहरू मारिएपछि अधिकारकर्मीहरूले राष्ट्रपति बाइडेनलाई जातीय हिंसा विरुद्ध लड्ने यस्ता कार्यक्रम आयोजना गर्न दबाब दिएका थिए।
सो सम्मेलनले घृणा र उत्तेजना नियन्त्रित जातीय हिंसा लगायातका अन्य विभेदको अन्त्यका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया