राष्ट्र बैंकले १२ अर्ब २३ करोड ट्रेजरी बिल जारी गर्ने, बोलकबोल आजै
काठमाडाैं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी बिल असोज ४ गते परिपक्व हुनेछ । यस्तै, ९१ दिनको लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल आगामी मंसिर ६ गते परिपक्व हुनेछ ।
यता, १८२ दिन अवधि भएको ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने आगामी फागुन ९ गते परिपक्व हुनेछ भने ३६४ दिनको २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८० भदौ ५ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया