एउटै घोषणापत्रबाट चुनाव लड्न प्रचण्ड र माधव सहमत, निर्वाचनपछि एकता हुने
काठमाडौं । एउटै घोषणापत्रबाट आगामी प्रतिनिधिससभा तथा प्रदेशसभा निर्वाचन भाग लिन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भएको छ ।
माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच सोमबार ललितपुरमा भएको भेटवार्तामा एउटै घोषणापत्र बनाउन सहमत भएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।
‘दुई अध्यक्षबीच पार्टी एकता संयोजक समिति बनाउने आगामी निर्वाचनमा संयुक्त घोषणापत्रमार्फत निर्वाचनमा भाग लिनेबारे छलफल भयो’, ती नेताले भने, ‘दुवै तर्फका उच्चस्तरीय संयोजक समिति बनाएर जाने सहमति भएको छ ।’
दुई नेताबीचको भेटबारे एसका प्रवक्ता जगन्नाथ खतिडाले पार्टी एकता संयोजन समिति बनाएर जानेबारे छलफल भएको स्वीकार गरे ।
‘एकता संयोजन समिति बनाउनेबारे दुवै पार्टी सहमत भएको छ । हाम्रो पार्टीले पनि एकताका लागि यसअघि नै निर्णय गरिसकेको छ । त्यहि आधारमा एकता संयोजन समिति गठन हुन्छ । एउटै निर्वाचन चिन्ह बनाउन हदम्याद सकिएकाले सम्भव छैन । तर दुवै पार्टीको घोषणापत्र बनाएर जानेबारे गृहकार्य भइरहेको छ’, खतिवडाले भने ।
नेकपा एसको भदौ २ मा बसेको केन्द्रीय सचिवालय बैठकले माओवादीसँग एकता गर्न एकता संयोजनक समिति बनाउने निर्णय गरेको थियो । माओवादीसँग पार्टी एकता गरेको झण्डै एक हप्तापछि प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको हो ।
माओवादीले यसअघि नै बाबुराम नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई पार्टीको चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
सत्तापक्षमा रहेका दुई पार्टीबीच एउटै घोषणापत्र बनाउने सहमति भएपछि कांग्रेसमाथि थप दबाब सिर्जना भएको छ । आगामी निर्वाचनमा कांग्रेस र एमालेलाई हावी हुन नदिन प्रचण्ड–माधवले छुट्टै गठबन्धन बनाएर जान तयारी गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया