NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

कागजमा काम देखाएर बागलुङमा भ्रष्टाचार, ८ विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । कागजमा मात्र काम देखाएर बागुलङको बसपार्क निर्माणमा भ्रष्टाचार गरिएको खुलेको छ । निर्माण नै नभएको त्यहाँस्थित दाबगरा बसपार्कलाई देखाएर त्यहाँ भ्रष्टाचार भएको हो ।

अनुसन्धानका क्रममा यस्तो भेटिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख सिडिई दयाराम अधिकारीसमेत ८ जनाउपर गैरकानूनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार, दाबगरा बसपार्क निर्माण कार्य नगरी कागजमा मात्र देखाएको पाइएको छ । यस्तो तथ्य भेटिएपछि आयोगले रु पाँच लाख ९० हजार ५०९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सबइन्जिनियर घनश्याम रिजाल, इन्जिनियर मनोज शर्मा, कार्यसम्पन्न भएको भनी प्रतिवेदन बनाउने सीडिई दयाराम अधिकारीविरुद्ध बिगो बमोजिमको कारबाही माग गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै, बाग्लुङ नगरपालिका–४ का वडाअध्यक्ष ध्रुव केसी, नगरउपप्रमुख सुरेन्द्र खड्का र इन्जिनियर मनोज शर्मा, बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनीति शर्माविरुद्ध पनि बिगो बमोजिमको कारवाहीको माग गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष