प्रभु क्यापिटलको हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडाैं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । भदौ १ गते प्रभु क्यापिटल तथा ट्रांक्विलिटी स्पाकाबीचमा समझौता भएको छ ।
यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्कालिटी ट्रान्कालिटीस्पाबाट सेवा लिदा ३० प्रतिशत छुट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको डिजिटल एप डाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक र कनेक्ट गर्नुपर्छ । हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्रान्कालिटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न क्यापिटलले जनाएको छ।
यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ । नेपाली पूँजी बजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारको प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बताएको छ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया