अस्ट्रेलिया रोजेका अधिकांश नेपाली विद्यार्थीले पाएनन् भिसा
काठमाडौं । वैदेशिक अध्ययनका लागि केही महिनाअघि सबैभन्दा धेरै नेपाली विद्यार्थीले आवेदन गरेको र भिसासमेत प्राप्त गरेको अस्ट्रेलियामा अहिले भिसा रिजेक्सन उच्च छ । भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ (भेट) का लागि भएको आवेदनको झण्डै ९० प्रतिशत भिसा रिजेक्सन भएको छ ।
उच्च शिक्षाका लागि आवेदन गर्नेको भिसा प्राप्ति भने तुलनात्मक रूपमा केही धेरै छ ।
शैक्षिक परामर्श व्यवसायीहरू अहिले अस्ट्रेलियामा भेटका कोर्स अध्ययन गर्न आवेदन गर्नेको करिब १० प्रतिशतको मात्रै भिसा लागेको छ । उच्च शिक्षाको हकमा भने ५०–६० प्रतिशतको भिसा लागेको छ ।
कोभिडका कारण अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययन आगमन रोकेको अस्ट्रेलियाले खुला गरेलगत्तै ठूलो संख्यामा भिसा लागेको थियो । तर केही महिनायता यो दर निरन्तर घटिरहेको छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया