कांग्रेसको चुनावलक्षित अभियानमा खटिए केन्द्रीय प्रतिनिधि, ७७ वटै जिल्ला कुनमा को ?
काठमाडौं । ४ मंसिरमा हुने १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभाको चुनावलाई लक्षित गर्दै कांग्रेसले जिल्लाजिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले ७७ वटै जिल्लामध्ये ७५ वटामा पठाउने केन्द्रीय प्रतिनिधि टुंग्याएकाे छ ।
केन्द्रीय सदस्यसहितका नेताहरूलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ । कांग्रेसले तीन चरणमा हुने अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको हो ।
प्रतिनिधिले पार्टीको जिल्ला तहसँग समन्वय गरेर पार्टीको अवस्था गर्नुपर्ने सुधार, गठबन्धन दलबीच समन्वय गराउने, पार्टीको वस्तुस्थिति बुझ्नेसहितका काम गर्नुपर्नेछ ।
के–के हुनेछन् तीन चरणमा ?
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार चुनावलक्षित यस्तो अभियान तीन चरणमा हुनेछ । भदौ १० देखि २४ भदौ (बिपी जयन्ती)सम्म पहिलो चराण्को अभियान हुनेछ ।
समानुपातिक उम्मेदवारी दर्ता भएपछि दोस्रो चरणको कार्यक्रम राखिएको छ । चुनावको अन्तिम तयारीका लागि प्रत्यक्ष उम्मेदवारी दर्ता भएपछि चुनावी प्रचारलक्षित कार्यक्रम तेस्रो चरणमा हुनेछ ।
२०७४ को चुनावमा एक्लै लड्दा कमजोर देखिएको कांग्रेस यसपटक माओवादी, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलसँग मिलेर चुनाव लड्दैछ । यसैले गठबन्धन दलबीचको सम्बन्ध र सहकार्यलाई प्राथमिकतामा राखेर अभियान अन्तर्गतका कार्यक्रम गर्न पनि कांग्रेसले निर्देशन दिएको छ ।
कार्यदल र शीर्ष तहमा छलफल भइरहे पनि अहिलेसम्म चुनावी तालमेलको खाका आइसकेको छैन । तर सबै जिल्लामा चुनावी तयारी गर्ने गरी कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको हो । आफ्ना उम्मेदवार जिताउने मात्रै होइन माओवादी र नेकपा एससहितका उम्मेदवार जिताउने बढी जिम्मेवारी पनि कांग्रेसकै काँधमा छ ।
काे कहाँ खटिए ?

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया