एक महिनामा काठमाडौंबाट ८८ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७९–८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा सङ्लग्न ८८ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले साउन १ गतेदेखि ३१ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवाना तोकिएका ८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी र्दिए ।
पक्राउ परेकासँग अदालतले ११ वर्ष सात महिना २८ दिन कैद भुक्तान र रु ४१ लाख ९१ हजार ३२२ जरिवाना असुल गरेको छ ।
ताजा अपडेट
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
-
नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल
-
पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए
-
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छ : अर्थमन्त्री पुन
प्रतिक्रिया