राति जथाभावी फोहर फाल्नेलाई कारबाही हुन्छ : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा बुधबार काठमाडौंमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए ।
विशेष गरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएको छ । प्रमुख शाहले उपत्यकाको सिसी टिभी क्यामराका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको जानकारी गराएका छन् । नेपाल प्रहरीले उपत्यकामा हाल पाँच हजार सिसी क्यामरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सिसी क्यामरा चाहिने जनाएको छ ।
प्रमुख साहले नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनका लागि नक्सा पास भएको छ, त्यही प्रयोजनमा ल्याउनका लागि प्रयास थालिएको बताए । उनले पार्किङको लागि बनाइएको क्षेत्रमा पसल, व्यवसाय सञ्चालन गरिएको ठाउँमा हटाउने कार्यमा प्रहरीसँग सहकार्यमा काम भइरहेको जानकारी गराए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया