व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने माओवादी केन्द्रको औपचारिक निर्णय
काठमाडौं । लामो रस्साकस्सीपछि माओवादी केन्द्रले आफूहरूको चासोका विषयमा व्याख्यात्मक टिप्पणीसहित एमसिसीलाई अनुमोदन गर्ने भएको छ ।
अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा बसेको सत्तारुढ पार्टीको बैठकले एमसिसीको व्याख्यात्मक टिप्पणीसहित पास गर्ने निर्णय गरेको हो ।
माओवादीको निर्णयसँगै एमसिसीमा पास गर्न सत्तारुढ दलमै बहुमत पुग्ने देखिएको छ ।
मुख्य गरी माओवादीले एमसिसी कुनै रणनीतिक र सैन्य सहयोग नभएको, नेपालको कानुनभन्दा नभएकोसहितका विषयमा व्याख्या भए एमसिसी पास गर्न कुनै कठिनाइ नहुने सत्ताको नेतृत्वकर्ता दल कांग्रेससँग आग्रह गर्दै आएको थियो ।
कांग्रेस पनि माओवादीको यो चासोलाई पूरा गर्ने गरी एमसिसीमा उठेका प्रश्नमाथि व्याख्या गर्न तयार भएको हो । तर यस विषयमा एमसिसीको पक्षबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।
माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरे पछि पार्टीभित्रै पूरै सहमति भने नभएको बताइन्छ । प्रचण्डको प्रस्तावप्रति नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायत नेताहरू असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको निर्णय लिएर केही बेरमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाँदैछन् ।
अर्को सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीमा पनि एमसिसीको व्याख्यात्मक टिप्पणीमा समान मत छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया